बुढानिलकण्ठ-९को श्री एकता बुद्ध वचत तथा ऋण सहकारीका अध्यक्ष सहित ६ जना पदाधिकारीहरु प्रहरीको खोरमा

Categories:

-

काठमाण्डौ ,जेष्ठ १८। बुढानीलकण्ठ नगरपालिकाका जननिर्वाचित वडा अध्यक्षहरुनै सहकारी ठगि गरेको आरोमा जिल्ला अदालत धाइरहेको पछिलो अवस्थामा   श्री एकता बुद्ध बचत तथा  ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अध्यक्षसहित ६ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ ठगी गरेको अभियोगमा  बूढानीलकण्ठ नगरपालिका–९ बाट उनीहरु  पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका-९ बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

बचतकर्ताको  खाताबाट ठुलो रकम उठाएर उनीहरुले हिनामिना गरेका थिए । सहकारी ऐन, २०७४ को उल्लङ्घन गरी संस्थाका सञ्चालकहरूले व्यक्तिगत लाभका लागि उक्त रकम दुरुपयोग गरेका थिए ।

आफ्नो ठगी गतिविधि लुकाउन संस्थाका पदाधिकारीहरूले बचतकर्ताहरूलाई आफ्नो लगानी सुरक्षित छ भनी प्रलोभन दिँदै छलपूर्ण रणनीति अपनाए। तर, बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयसहितको सहकारी मन्त्रालयले छानबिन थालेपछि उनीहरुको गल्ती खुलेको हो ।

 प्रहरीले उनीहरुलाई  पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जका अधिकारीहरू खटाएको थियो ।  राजधानी काठमाडौंका विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरिएको  प्रहरी द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ  ।

 पक्राउपछि प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको छ।

अनुसन्धान अगाडि बढेसंगै   पक्राउ गरिएका व्यक्तिहरू विरुद्धको कानुनी कार्यवाहीको नतिजा जनता उत्सुकतापूर्वक पर्खिरहेका छन्। यो मुद्दाले न्याय प्रणालीको वित्तीय अपराध सम्बोधन गर्न र सहकारी क्षेत्रमा विश्वास पुनर्स्थापित गर्ने क्षमताको परीक्षणको रूपमा काम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य