भोलि वैशाख ७ गते ६ घण्टाका लागि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान बन्दहुने

Categories:

-

काठमाडौँ,बैशाख । भोलि वैशाख ७ गते ६ घण्टाका लागि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान अवरुद्ध हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्नु परेकाले सो दिन बिहान १ देखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुनेछ ।

विमानस्थलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कुनैपनि आन्तरिक/अन्तर्राष्ट्रिय वायुयान उडान/अवतरण नहुने टीआईएले जनाएको छ । यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य