बूढानीलकण्ठ बाट सहकारी संस्थाका अध्यक्ष फरार

Categories:

-

काठमाडौँ, ९ चैत । बूढानीलकण्ठ  नगरपालिका –९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष फरार भएका छन् ।

संस्थामा अनियमितता भएपछि गठित छानबिन समितिले पुस पहिलो हप्ताबाट छानबिनको काम सुरु गरेर प्रतिवेदन पेश गरेपछि संस्थाको आर्थिक हिनामिनामा कार्यकारी अध्यक्ष भानु शर्मा र कार्यालय व्यवस्थापक शम्भु कार्कीको संलग्नता रहेको पाइएको थिया । लगत्तै अध्यक्ष शर्मा फरार भएका हुन् ।

संस्थामा उपाध्यक्ष प्रमोदकुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष रामकुमार श्रेष्ठ, सदस्य वीरबहादुर तामाङ, होमनाथ तिमिल्सिना, ज्ञानुकुमारी राईबीचको आर्थिक हिनामिना र आन्तरिक संस्थागत किचलोले पीडित बचतकर्ता मारमा परेका छन् । छानबिन प्रतिवेदन अनुसार सहकारीको त्रुटि रहेको पाइएको छ ।

कार्यसमिति र कार्यकारी अध्यक्ष शर्माबीच छलफल हुँदा सहकारी मन्त्रालयअन्तर्गत सहकारी महाशाखामा उपस्थिति जनाउँछु भनेर शर्मा सम्पर्कविहीन भएका हुन् ।

कार्यसमिति सदस्यहरुहरु अधिकांशले चलाखी गरेर पीडित बचतकर्तालाई झुलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य