मेस्सीको निर्णायक गोलमा पीएसजीको जित

Categories:

-

काठमाडौं,माघ २२ । विश्व विजेता लियोनल मेस्सीको निर्णायक गोलमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले टुलुजलाई २ – १ गोलले हराएको छ । यो जितपछि पीएसजीले तालिकामा स्पष्ट ८ अंकको अग्रता बनाएको छ ।

पेरिसमा भएको खेलमा पाहुना टोली टुलुजले अप्रत्याशितरुपमा अग्रता बनाएको थियो । मिड टेबलमा रहेको टुलुजका लागि २० औँ मिनेटमा ब्रान्को भान डेन बुमेनले फ्रिकिकमाफर्त उत्कृष्ट गोल गरेका थिए । तर ३८ औँ मिनेटमा अक्राफ हाकिमीले गोल गरेपछि पहिलो हाफमा खेल १ – १ गोलको बराबरीमा आयो ।

५८ औँ मिनेटमा मेस्सीले करिब २५ यार्ड परबाट गोल गर्दै टिमको जित सुनिश्चित गरे । यो मेस्सीको लिग वानमा १० औँ गोल हो भने समग्रमा १५ औँ गोल हो ।

यो जितपछि शीर्षस्थानमा रहेको पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ ।

एक खेल कम खेलेको मार्सेको ४६ अंक छ । पीएसजीमा स्टार केलियन एम्बाप्पे चोटका कारण खेलमा छैनन् । थाइ इन्जुरीका कारण तीन साता मैदान बाहिर हुने भएपछि उनले च्याम्पियन्स लिग र फ्रेन्च कप गुमाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य