Sunday, April 2, 2023
9.9 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

राष्ट्रिय युवा संघले “केपी ओपी कप” फुटबल प्रतियोगिता गर्ने

भर्खरै

काठमाडौँ,१२ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्मानका लागि  राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘केपी ओपी कप” नाम दिइएको प्रतियोगितामा देशभरिका शीर्ष तहका टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालका अनुसार प्रतियोगिता राजधानी काठमाडौंमा आयोजना हुने र नेपालमा युवाहरुबीच एकता र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले प्रतियोगिताको थप जानकारीका लागि शुक्रबार दिउँसो १ बजे त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको हलमा पत्रकार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल एवं  एमालेका शीर्ष पदाधिकारीहरुका साथै नेपाल फुटबल संघका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष