काठमाडौँ,२९ पुष ।वाणिज्य बैंकहरूको निरीक्षण र सुपरिवेक्षण गर्दा पनि दीपक भट्ट नामका बिचौलियाले गरेको शंकास्पद कारोबार पत्ता लगाउन नसकेको भन्दै नेपाल राष्ट्र बैंकको आलोचना भइरहेको छ ।
बैंकको वित्तीय सूचना इकाइले प्रयोग गरेको गो एएमएल सफ्टवेयर मार्फत भट्टको ठूलो रकमको अनियमित लेनदेन पत्ता लागेपनि बैंक सुपरिवेक्षण विभागको निरीक्षण टोलीले बेवास्थागर्दा नेपाल राष्ट्र बैंकको आलोचना भएको हो ।
रिपोर्टका अनुसार भट्टले डेढ वर्षअघि सिद्धार्थ बैंकको जगदम्बा स्टिल प्रालिको खातामा ४५ करोड रुपैयाँ ट्रान्सफर गरेका थिए । उक्त रकम नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको भट्टको खाताबाट त्यहाँ ट्रान्सफर भएको बताइएको छ । जगदम्बाले उक्त रकम सिद्धार्थ बैंकको खाताबाट खर्च गरे पनि उनको कम्पनीको ब्यालेन्स सिटमा देखाइएको छैन ।
बिचौलिया भट्टले २०२१ को जुन र जुलाईमा आफ्नो इन्फिनिटी होल्डिङ्स प्राइभेट लिमिटेडको नाममा केही कारोवार गरे पनि भट्ट आफैं शंकास्पद हुन् भन्न गाह्रो नहुने वित्तीय सूचना इकाईका स्रोतले बतायो । भट्टको कार्यालय कमलपोखरी मोड, मार्कोपोलो बिजनेश होटल नजिक छ । सिद्धार्थ बैंकको प्रधान कार्यालयमा ओभरड्राफ्ट खाताको सीमाभन्दा बढी रकम प्रयोग गर्नुलाई पनि ‘बैंकिङ मापदण्ड’ बाहिरको गतिविधि मानिएको छ ।
‘इन्फिनिटीको नाममा खोलिएको खाताको सीमा ४ करोड ४४ लाख रुपैयाँ भए पनि ६३ करोड ४० लाख रुपैयाँ खर्च भइसकेको अवस्थामा भट्टको सम्बन्धित बैंकका अधिकारीसँग मिलेमतो रहेको स्पष्ट हुन्छ,’ केन्द्रीय बैंकका एक निर्देशकले बताए ।
सोही सन्दर्भमा एफआइयू स्रोत भन्छ, ‘यसबारे केन्द्रीय बैंकमा अन्तर–विभागीय छलफल भइसकेको छ । विशेगारी बैंक सुपरिवेक्षण विभागको स्थलगत टोलीले यसतर्फ ध्यान नदिएको महसुस भएको छ । सिद्धार्थ बैंकलाई ५ करोडको सीमा भएको खाताबाट ४५ करोड ४० लाखभन्दा बढी खर्च गर्ने अधिकार कसले दियो ? यस्तो हुँदा केन्द्रीय बैंकको सम्बन्धित डेस्क र टोलीले के हेर्यो ? प्रश्न महत्त्वपूर्ण छ।
बिचौलिया भट्टले कम्पनीको नाममा खोलिएको ओडी खाताबाट पनि सीमाभन्दा बढी रकम खर्च गरी शंकास्पद ठाउँमा लगानी गरेको पाइएको छ ।
भट्टले ओभरड्राफ्टको सीमाभन्दा बढी खर्च गरेको खोजि तिनी गर्नु भन्दापनि उनको खातामा जम्मा भएका करोडौंको रकमको आशंकाका साथ छानबिन गर्नुपर्ने एफआईयूका अधिकारीहरू बताउँछन्। विदेशबाट आएको रकम बाहिर आएपछि उनले विभिन्न स्रोतबाट नेपाल ल्याएको करोडौं रुपैयाँ यहाँको खातामा बारम्बार जम्मा गरेको देखिन्छ । यी रकमको जरासम्म अनुसन्धान गर्दा सबै रहस्य खुल्ने उनीहरुको भनाइ छ ।
एकाइका एक अधिकारीले भने, “हामी शंकास्पद रकमको बारेमा पत्ता लगाउन जाँदैछौं।” बैंक र अन्य सरकारी निकायहरू आवश्यक कारबाही गर्ने निकाय हुन् हामी होइन भने ।
यो ध्यान दिनु महत्त्वपूर्ण छ कि यो चलिरहेको अनुसन्धान हो, र अनुसन्धान जारी रहँदा थप जानकारी प्रकाशमा आउन सक्छ। तर, यस्ता शंकास्पद कारोबारहरू पत्ता लगाउन असफल भएकोमा नेपाल केन्द्रीय बैंकले जिम्मेवारी लिनुपर्छ र भविष्यमा यस्ता घटना नदोहोरियोस् भनेर पहल गर्नुपर्छ ।


