काठमाडौँ , २५ पुस ।ग्लाेरी बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाको प्रमुख आतिथ्यतामा हालै काठमाडौंमा सम्पन्न भएको छ ।
बूढानीलकण्ठ ३ स्थित तपेश रेष्टुरेन्टमा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाअन्तर्गतका सहकारी विभागका प्रमुख अच्युत खड्का, नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठको सभापतित्वमा सचिव विनय केसीले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका प्रबन्धक जनक थापाले स्वागत मन्तव्य राख्दै संस्थाले विगत एक वर्षमा हासिल गरेका उपलब्धिबारे प्रकाश पारेका थिए ।
सहकारीमा योगदान पु¥याएबापत ६ जना राम्रो ऋणी, पाँच नियमित बचतकर्ता, १० वर्ष सेवा गरेका चार नियमित कर्मचारी र वार्षिक उत्कृष्ट कर्मचारीलाई प्रमुख अतिथि सांसद गगन थापाले सम्मान गरेका थिए ।
२०६६ सालमा स्थापना भएको ग्लाेरी बचत तथा ऋण सहकारी संस्थाको सदस्य संख्या ३ हजार ३ सय र शेयर पूँजी पाँच करोड २७ लाख पचास हजार एक सय ५८ रहेको छ ।
यसको बचत हाल २१ करोड ५२ लाख ७७ हजार एक सय ५८ रुपैयाँमा खडा छ जसले यसलाई समुदायमा एक प्रसिद्ध र सम्मानित संस्था बनाएको छ।


