नमोबुद्ध नगरपालिकामा शीतभण्डार निर्माण सुरु

Categories:

-

काठमाडौँ ,२२ पुष ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ३ दाहालचौरमा शीतभण्डार निर्माण सुरु भएको छ । तरकारी, फलफूल र अन्नजस्ता कृषि उपजहरू भण्डारण गर्न यो सुविधा प्रयोग गरी रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुली आसपासका क्षेत्रका किसानलाई फाइदा पुग्नेछ। यी किसानहरू पहिले आफ्नो अन्न भण्डारण गर्न पाँचखाल, बनेपा,पनौती जान्थे, जुन समयको हिसाबले टाढा र लागतको हिसाबले  महँगो हुने गरेको थियो  ।

पहिलो चरणमा करिब ९९ लाख लागत लाग्ने र स्थानीय उपभोक्ताले लागतको १५ प्रतिशत योगदान गर्ने गरी विभिन्न चरणमा शीत भण्डारण सुविधा निर्माण गरिनेछ ।

 निर्माणाधीन शीतभण्डारका  प्रत्येक चेम्बरमा ३० मेट्रिक टन राख्न सक्ने गरी ६ वटा कक्षमा १८० मेट्रिक टन उत्पादन राख्न सक्ने सुविधा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए । नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालले उक्त सुविधामा तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने बताए ।

मेयर कुनसाङ लामाले मंगलबार आयोजनाको शिलान्यास गर्दै  पहिलो चरणमा निर्माण हुने एकतले भवन तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छन् । स्थानीय उपभोक्ता सीता दाहालले अब आलु र तरकारीको बीउ भण्डारण गर्न  पैसा खर्च गर्नु नपर्ने आयोजनाप्रति खुशी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य