मेरो चुनाव जित्ने आधार जनताको माया घर दैलोमा जनताले दिएको आश्वासन: एमाले उम्मेदवार जयराम थापा

Categories:

-

जयराम थापा  बूढानिलकण्ठ नगरपालिका स्थानीय वासी हुन्  उनि नेकपा एमालेमा तिस वर्ष देखि सक्रिय छन्  आसन्न निर्वाचनमा उनि  नेकपा एमाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट   उम्मेदवार छन् । चुनाव प्रचार प्रसार  सुरुभएसंगै  हामीले उनको अन्तर्वार्ताको लागि समय मागेका थिएउ तर, समय आज प्रचार प्रसार बन्दहुन करिब ८ घण्टा आगाडी पाएका छौ, उनै जयराम थापासंग रातोसूर्य कर्मी आशिष गुरागाईंले गर्नु भएको सम्बाद यहा प्रस्तु गरेका छौ ।

सबैले   सोधेने प्रस्न बाट सुरु गरौं चुनाव प्रचार प्रसारको आज अन्तिम दिन जनताको घर दैलो पुग्नु भयो के भन्दा रहेछन् माताहरू?

सर्वप्रथम काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश २ बाट मेरो  उम्मेदवारी हो र वास्तविक जनताले चाहिँ एउटा इमानदार एउटा चाहिँ जनतासँग  प्रत्यक्ष सम्बन्ध राख्ने मान्छे जनताको समस्याहरूलाई सम्बोधन गर्ने सक्के मान्छे समग्रमा भन्नु पर्दा  जनताहरू पुराना अनुहारसँग आजित भएका छन् । जनता  थ्रेस मानिसको खोजीमा रहेछन् । म नयाँ अनुहार भएकोले  मलाई जनताले रुचाएको अनुभव गरेको छु। 

चुनावमा  नेतालाई कुदाउने काम धेरै भयो भनिन्छ तपाइको प्रतिबद्धता त् जनतालाई बुझाउन  भ्याउनु   भयो ? कस्तो    रहियो  अनुभव ?

अ प्रतिबद्धता मैले जनतालाई  प्रस्ट रूपमा बुझाएको छु । मेरो प्रतिबद्धतामा धेरै जटिल पनि छैन, मैले धेरै आश्वासन पनि  बाड्या छैन । मेरो प्रतिबद्धता मैले  दिनहुँ  भोगेको समस्या मैले जे भोगेको छु  त्यही  यहाँका नागरिकहरू माताहरूले भोग्नु भएको छ । जस्तो  मान्नुहोस्   यहाँको  सबै भन्दा ठूलो समस्या खाने  पानीको समस्या, फोहोर मैलाको समस्या, कपन डुबानको समस्या, धोबी खोला सरसफाइको समस्या, बेरोजगारी र युवाको समस्या मैले के भनेको छु भने यो  साझा समस्या  समाधान गर्नको लागि नेतामा    इच्छाशक्ति  कमी भयो   यदि नेतामा इच्छाशक्ति हुने हो भने यो  तपाइ हाम्रो   जुन समस्या तपाइको छ त्यो समस्या समाधान गर्न सकिन्छ त्यसको लागि मेरो प्रतिबद्धता  चाही गर्ने पुरा गर्ने  प्रतिबद्धता हो भनेर मैले भनेको छु, भने एक नम्बरमा मैले खानेपानीको कुरा उठाएको छु । उपभोक्ता समितिहरूलाई समेटेर एकीकृत खानेपानी स्थानीय सरकारसँग  सहकार्य  गरेर हामीले सुरु गर्छौ  भनेका छौ त्यो  सँगसँगै तपाइको  चाही अब जमिन मुनिको पानी  रिचार्जको  विधि हामीनै  त्यो सिकाउँछौ भनेका छौं, फोहोर मैला व्यवस्थापन गर्नलाई पनि हामी स्थानीय  सरकारसँग सहकार्य गरेर समाधान गर्ने भनेको छु । त्यसै गरि  धोबी खोला  शुद्ध धोबी खोला म यहीँ धोबी खोलाको पानी खाएर हुर्केको मान्छे त्यसले गर्दा  शुद्ध धोबी खोला बनाउनु पर्छ भन्ने खालको कुरा गरेको छु । त्यसै गरि युवाहरूको लागि “करियर डेप्लोमेन्ट” कम्तीमा युवाहरूको लागि नेतृत्व क्षमता विकास गर्ने कुराचाँहि नगरपालिकाको युवा परिषदसँग सहकार्य गरेर गर्ने कुरा गरेका छौं ।

 एकछिन न मैले तपाइले गर्नु भएको प्रतिबद्धता  सरसरती हेरे २९ बुँदा हेरे ,  तपाइँ त् कानुनको जानकार राख्ने व्यक्ति अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी  तपाइँ वडा अध्यक्ष  उठन् लागेको  होर, किन कि प्रदेशले कानुन बनाउने भन्दा धेरै कल्पना गरेको छैन ?

तपाइले भनेको ठिकै हो। तर  केचाई हो भने हाम्रो समस्या भनेको केन्द्र देखि प्रदेश र नगरपालिका त्यसमाथी पनि वडा अध्यक्षको समस्या समान छ ।त्यो साझा समस्यालाई  चाही जनताले के हेर्दा रहेछन् भने त् प्रदेशको सांसद तैँले कानुन मात्र बनाउँदै छस् तैँले के-के कानुन बनाउ दो रहेछस् भनेर जनताले हेर्दा रहेछन् । तैँले के गर्न सक्छस् प्रतिबद्धता भन्दा खेरि नेकपा एमालेले स्थानीय सरकार जितेको हुँदा खेरि हामीले के गर्न सक्छौ भन्दाखेरि स्थानीय सरकारसंग सहकार्य  गरेर काम गर्ने भूमिका हुन्छ । संसदमा बस्दा कानुन बनाउने कुरा हुन्छ । बिकास निर्माणको गर्दा खेरी स्थानीय सरकारलाई सहयोग गर्ने गरि बजेट ल्याउने हुन्छ ।

तपाइले गर्नु भएको प्रतिबद्धता त् सार्वजनिक शौचालयको छ त्यो पनि प्रदेशले हेर्नु पर्ने स्थानीय सरकार निकम्मा भयो भन्नु भएको हो ?

प्रदेश ले गर्ने भन्दा पनि प्रदेशले सहकार्य गर्ने कुरा गरेको हो म सार्वजनिक शौचालय बनाउन चाहन्छु , बिहान “मर्निंगवाक”  जानेहरुलाई कस्तो समस्या छ हेर्नु त् मैले स्थानीय सरकारलाई भन्छु भनेको हो । यसको मारमा त्  तपाइँ हामी परेका छौं अरुले त् विकास निर्माणले भरिपूर्ण भयो मैले बनाएको काठमाडौं ४ भनेका छन्, खयर म त्यता जान चाहान् तर समस्या सानै सहि यो मुख्य समस्या हो ।

कुरो शौचालय सम्म पुगेपछि अली माथि जाऊँ मैले चिनेको जयराम शौचालयमा सीमित छैन तपाइले सम्मानित अदालतमा बहस गर्नुभयो कुरा थियो संविधानको तपाइले जित्नु भयो , अहिले त्यहीँ पार्टी बाट सभासदको भोट मागी रहनु भएको छ अहिले अध्यादेश कि पारमा देस ?

 हैन यो लिगलि कुरो हो   हिजो  संसद विघटन हुँदा खेरि पक्ष्य बिपक्ष्यामा मानिसहरू विभाजन भए । तर,  के चाई हो भने अदालतले एउटा निर्याय गर्दी सकेको छ हैन, गर्दी सकेको हुनाले म अहिले चुनावको उस्समा छु त्यति धेरै कुरा गर्न आवश्यक छैन हैन, अब तपाइको राजनीति हिसाबलेचाँहि राजनीतिक कुरो गर्ने सवालमा राजनीतिक पार्टीलेनै गर्छ, नेकपा एमालेले नै गर्छ मैले भन्नु पर्दा खेरि चाई यो चुनावमा यस्तो खालको कुरा गर्दा यो थाहा पाई सकेको कुरो छ हैन त्यति सारो कुरो मैलेबोल्नु पर्छ जस्तो  मलाई लाग्दैन ।

 अब यत्ति भन्नुहोस् तपाइको चुनाव जित्ने आधार के ?

 मेरो  चाही चुनाव जित्ने आधार एक नम्बरमा  चाही हिजो तपाइको २०४६ साल देखि आज मिति सम्म यो बूढानीलकण्ठमा यो हाम्रो प्रदेश  बूढानीलकण्ठ नगरपालिका  यहाँको प्रत्येक माटोसँग प्रत्यके विकास निर्माण सँग नेकपा एमाले जोडिन्छ भन्ने लाग्छ यो कसैले दावा नगरे हुन्छ कि यो नेकपा एमालेको स्वामित्वमा छ आजको दिन सम्म जे जति विकास भएको छ त्यो नेकपा एमालेकै कारण भएको छ । त्यस कारण नेकपा एमालेलाई जिताउनु पर्छ । दुई नम्बर अहिले जनताहरूमा राजनीति सँग जनताको मोह भंग छ, एकै व्यक्ति ले १५ वर्ष १२ वर्ष सम्म सासन चलाएको छ उसले जनताको आवश्यकता “डेलीभरि” गर्न सकेको छैन । र सक्दैन पनि । अहिले जनताको माग भनेको थाहा छैन “भोट फर चेन्ज” अझ मैले त् हरेक एक महिनामा मैले सांसद भएर निर्वाह गरेको कार्य सार्वजनिक गर्छु भनेको छु । ३ नम्बर नेकपा एमाले ले स्थानीय सरकारमा जितेको छ काठमाडौं चार ख मा बलियो संगठन छ ।

 तपाइको मुख्य आधार भने को संगठन भन्नु भएको हो ?

 हो हाम्रो राम्रोसंगठन छ यहाँ, स्थानीय सरकार हाम्रो छ भोलि एमाले जित्यो भने  हाम्रो तालमेल राम्रो हुन्छ हिजो तालमेल राम्रो नुहुँदा जनता बाट गुनासो धेरै आयो हैन, स्थानीय सरकार एमालेको हुने माथि अर्कै त्यसो हुँदा अहिले को जन आवाज एकै सरकार हुनु पर्छ भन्ने छ ।

प्रसंग उठी हाल्यो संगठन र त्यसको सहायो र  तपाइँ बलियो भन्ने तर, तपाइकै क्षेत्रीय इनचार्जले जुन खालको आरोप पूर्ण अभिव्यक्ति सार्वजनिक गर्नु भयो त्यो जग जाहेर छ, प्रदेशको नेताले त्यस्तै आरोप तपाइको बिपक्षीहरु त् भन्छन्  तपाइँ पार्टीको भन्दापनि स्वतन्त्र जस्तो पो देखिनु भयो ?

 हैन पार्टीमा व्यक्ति प्रधान हुँदैन, पार्टी प्रधान हो नेकपा एमालेनै प्रधान हो हैन, जुन जुन मानिसले तपाइले अघि भन्नु भयो उहाँहरुले विज्ञप्ति निकालेर मेरो क्षणिक आवेग भन्नु भएको छ, उहीहरू मेरो चुनावी प्रचारमा सँगै हुनु हुन्छ त्यसले गर्दा खेरि चाहिँ तुरुन्तै प्रतिक्रिया दिने व्यक्तिहरूको व्यक्तिगत स्वभाव हुँदो रहेछ हैन, त्यो स्वभाव प्रकट गर्नु भयो । तर अहिले परिस्थिति त्यस्तो छैन ।

तपाइलाई त् अर्थसँग जोडेर कुरा गरिएको छ, यो अर्थको कुरो के हो ?

उहाहरूले  मलाई २०५३ सालमा राजनीति संगठित सदस्य दिनु भयो त्यो दिन देखि मैलेउहाँहरुको कार्यकर्ताको जीवन यापन गरे, यत्रो  वर्ष पछि पार्टीले एउटा जिम्मेवारी दियो  यसमा अर्थ जोडेर मलाइ  उहाँहरुले गलत आछेप लगाउनु भयो । ठिकै छ जनता सँग परीक्षा दिने मौका पाएको छु। उहाँहरुले आत्मा आलोचना गरि सक्नु भयो  मैले अगिनै भने विज्ञप्ति जारी गर्नु भयो सबै मिलि सक्यो उहाँहरुको सहायो  मलाई छ ।

तपाइँ त्यस्तो भन्नु हुन्छ तपाइको नगर कमिटि अध्यक्ष ११ गतेको टिकेट काटेर रेडी छन् देश छोड्नलाई भन्ने हल्ला छ, पानी पर्दा छाता ओढिन्छ तर छाताले वर्षा हुन रोक्दैन तैपनि भरोसा त् भिजिन्न भन्ने दिलाउँछ तपाइका भरोसाहरू कमजोर भएको भएपनि तपाइ चुनाव जित्छु भन्नु हुन्छ अनुहारमा चाम छ यो ऊर्जाको स्रोत चाई के हो ?

जनताको माया घर दैलोमा जनताले दिएको आश्वासन

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य