अनिता तामङ्ग / बुढानिलकण्ठ २८ कात्तिक । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ ( ख) का लोकतान्त्रिक वाम – गठबन्धनका उम्मेदवार कुसुमकुमार कार्कीले आफू राजनीतिमा नलागेको भए गीतकारको जीवन यापन गरिरहेको हुने बताएका छन् ।
गठबन्धन घटक नेपाली काँग्रेस पार्टी बाल कुमारी टोल इकाई समितिले आयोजना गरेको उम्मेदवार परिचय एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले नेपाली चलचित्रमा समेत गीत लेखेको बताए ।
काठे भाकालाई जगेर्नागर्न लागि परेका बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी शिव नारायण जोशी (काठे किंग स्टार) को निवासमा आयोजना गरिएको थियो । कार्कीले काठे भाकालाई जोगाइ राखिदिएकामा जोशीलाई आभार व्यक्त गरे । स्थानीय कांग्रेसको बाक्लो उपस्थित रहेको कार्यक्रममा कार्कीले प्रदेश सभासदको लागि भोट मागेका थिए ।
यसै गरि गौरीशंकर टोल इकाई समितिले आयोजना गरेको उस्तै कार्यक्रमलाई पनि कार्कीले सम्बोधन गरेका थिए त्यहाँ भने जोर धारामा पानी नआएको विषयमा मातदाताहरूले कार्कीको ध्यानाकर्षण गराएका थिए । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा मात्रै ९ ओटा ब्लकमा त्यतिकै मात्रमा टोल इकाई समिति सक्रिय रहेका छन् । गठबन्धनका उम्मेदवार कुसुम कुमार कार्की र गगन कुमार थापालाई जिताउन उनीहरूले दैनिक कार्यक्रम तालिका बनाएर वडाका मतदाता भेटघाटको वातावरण बनाइ रहेका छन् ।
बागमती प्रदेशका निवर्तमान सासद समेत रहेका कार्की यस पालि चुनाव जितेमा प्रदेश मन्त्री बन्ने पक्का पक्की छ भने गगन कुमार थापाले आफु प्रधानमन्त्री बन्ने बताई सकेका छन् । उनीहरूको गन्तव्य प्रस्ट भएको कारण पनि स्थानीय मातदाताहरूको आकर्षणको केन्द्र बनेका छन् ।
जनता भेटघाट गर्न इच्छुक भएकोले कार्यक्रम आयोजना गरिएको गौरीशंकर टोल इकाई समिति सचिव अजित चालिसेले बताए ।
कार्यक्रम भाषणमा भन्दापनि माताहरूले आफ्ना उम्मेदवारलाई प्रत्यक्ष सुझावहरू दिन मिल्ने किसिमले तयार पारिएको कारण नयाँ माताहरूको कार्यक्रममा सहभागिता धेरै रहेको नेपाली काँग्रेस पार्टी ,बाल कुमारी टोल इकाई समितिका सचिव रिता नेपाल (पुरी) बताउँछिन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ( ख) का लोकतान्त्रिक वाम – गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टी बाट कल चिन्ह लिएर उम्मेदवार कुसुम कुमार कार्की चुनावी मैदानमा छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ ( ख) मा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा समेटिएका छन्।



