Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए

भर्खरै

काठमाडौं, २३ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ ।

२०७९ साल साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको टुथपिक आयात गरेको हो ।

भन्सार विभागका अनुसार सो अविधमा नेपालमा विभिन्न देशबाट ५ हजार २८८ केजी टुथपिक भित्रिएको छ ।

पछिल्लो तीन महिनामा चीन र थाइल्याण्डबाट नेपालले टुथपिक आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को पहिलो तीन महिनामा नेपालले १ करोड २ लाख ४१ हजार रुपैयाँको टुथपिक आायात गरेको थियो ।

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img