स्वतन्त्र पार्टीको घोषणा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संवैधानिक परिषद् खारेज

Categories:

-

काठमाडौं, १७ कात्तिक ।   राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार एक कार्यक्रमबीच अध्यक्ष रवि लामिछानेले ‘बाचा पत्र’ नाम दिइएको घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा सो पार्टीले २४ वटा बाचा गरेको छ। जसमा शासकीय स्वरूपअन्तर्गत संवैधानिक परिषद् खारेज, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने, प्रदेश प्रमुख र जिल्ला समन्वय समिति खारेज गर्नेलगायत विषय उल्लेख छ।

यस्तै स्थापनाको पृष्ठभूमिसँगै ५ वर्षको समीक्षा र ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्तसमेत बाचापत्रमार्फत ल्याइएको छ।

अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था लागू गर्ने घोषणासमेत बाचापत्रममा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य