काठमाडौँ ४ मा डा.राजन भट्टराईको टोलीले फोटो एडिटिंग गरेर प्रकाशन गरेपछि ….

Categories:

-

काठमाडौं, १७ कात्तिक । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा आफ्नो  चुनाव प्रचार गर्ने भन्दापनि  पछिलो समय भ्रामक प्रचारको होडबाजी नै चलेको छ  । यस्ताखाले प्रचारलाई स्थानीय जनप्रतिनिधिले नै सहयोग गरिरहेको निर्लज्ज दृश्य यहाँ आम बनेको छ । सयसै क्रममा नेकपा एमालेकाे उम्मेदवारले काँग्रेस नेताकाे घरघरमा छिरेर फाेटाे खिचेर सूर्य चिन्ह “एडिटिंग” गरेर प्रचार गरेका छन् ।

बुढानिलकण्ठ वडा नं ८ काे घरदैलाेमा रहेकाे एमाले उम्मेदवारसहितकेा टाेली नेपाली काँग्रेस वुनपा ८ इकाई सभापति राजाराम थापाकाे घर पुगेकाे थियेा । थापाकाे घरमा पुगेका भट्टराइसहितका नेता कार्यकर्ताले आफूसँगै आएका प्रचारकहरूसँगकाे फाेटाे खिचाएर सामाजिक सञ्जालमा सूर्य चिन्हकाे “एडिटिंग” गरेर प्रचार गरेकाे देखेपछि इकाई सभापति थापाले आपत्ति जनाएका छन् ।

गत स्थानीय चुनावमा काँग्रेसबाट वडाध्यक्षका प्रत्यासीसमेत रहेका थापाले आफू नभएकाे बेला आफ्नाे घर कम्पाउण्डमा आएर फाेटाे खिचेर सामाजिक सन्जालमा भाइरल गराउने नियतप्रति आपत्ति प्रकट गरेका हुन् । इकाई सभापति थापाले यति सस्ताे प्रचारबाजी नगर्न एमाले उम्मेदवार भट्टराइ र थापालाई आग्रह गर्दै भने,   “आज मेराेमा यस्ताे घटना भयाे भाेलिदेखि अरूकाे घरमा यस्ताे दृष्य देख्न नपराेस्” ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य