Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

बुद्धिचाल प्रतियोगिता: आशिष र रुपेसको अग्रता

भर्खरै

काठमाडौं, २९ असोज। गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा एनआरएनएका आशिष फुयाँलले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए ।

प्रतियोगिताका शीर्ष वरीयताका खेलाडी आर्मीका रुपेसको पनि ३ अंक छ । उनले दोस्रो चरणमा प्रदेश–१ का प्रज्वल घिमिरे तथा तेस्रो चरणमा एनआरएनएका कृष्ण थापालाई हराए । बागमतीका निकेन कुसाराले ३ अंक जोडेका छन् । पुलिस क्लबका क्षितिज भण्डारी र आर्मीका सजिन मर्हजनको २ दशमलव ५ अंक छ ।

महिलातर्फ आर्मीकी सुजना लोहनी ३ अंक सहित शीर्ष स्थानमा छिन् । यसैगरी, एनआरएनकी सुशिला गुरुङ र प्रदेश –१ की खुस्बु थापाको पनि समान ३ अंक छ । यसैगरी प्रदेश –१ की कृत्तीसरा अधिकारी र गण्डकी प्रदेशकी पूजा भण्डारीले २ दशमलव ५ अंक जोडेकी छन् ।

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img