जाग जाग हे युवा तिमी बिहानिको पहिलो किरण सरि उठउठ हे युवा तिमी अन्याय विरुद्ध लड्ने गरि।
जाग जाग हे युवा तिमी आगोको झिल्को सरि लडलड हे युवा तिमी परिवर्तनको सम्बाहक बन्ने गरि ।
जाग जाग हे युवा तिमी सामन्तवाद विरुद्धको खलनायक सरी भिड भिड हे युवा तिमी सर्वहारा बर्गको नायक बन्ने गरि ।
जाग जाग हे युवा तिमी उत्पीडितहरूको रक्षक सरि बोकबोक कलम हे युवा तिमी दुश्मनको किल्ला ध्वस्त पार्ने गरि ।।
– सुबिन चालिसे केन्द्रिय सदस्य अखिल ( क्रान्तिकारी )
प्रतिक्रिया दिनुहोस्

