कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको आग्रह

Categories:

-

साउन १८,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।

कक्षा–११ को बिद्यार्थी भर्ना गर्ने सबन्धनमा बिभिन्न विद्यालय र क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका बिद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको भनि बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ ।

‘यस सम्बन्धमा सबन्धित बिद्यालयहरुले माध्यमिक शिक्षा परिक्षा –कक्षा १०को नतिजा सार्वजनिक भएको न्यूनत्तम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म बिद्यार्थी भर्ना लिने ब्यवस्था मिलाउन सबै बिद्यालयरक्याम्पसलाई सुचित गरिन्छ,’सूचनामा भनिएको छ । स्थानिय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परिक्षा बोर्डले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य