साउन,११ काठमाण्डौ। बूढानीकण्ठ नगरपालिकामा मोइ थाइ बाक्ससिंग प्रतियोगिता हुने भएको छ ।
डब्लु.बि.सि. मोइ थाई नेपालले यस वर्षको लागी साउन १४ गते का दिन ( अन्तराष्ट्रिय मान्यता सहितको डब्लु.बि.सि. मोइ थाइको बेल्ट, मेडल तथा प्रमाण पत्र सहित) दोस्रो डब्लु. बि. सि. राष्ट्रिय च्याम्पियन प्रतियोगीताको आयोजन गर्ने लागेको हो ।
दुईमहीना अगाडि देशभरिका खेलाडी बीच प्रतिस्पर्धा गराई २२ जाना खेलाडी छनोट गारेको आयोजक डब्लु.वि.सि. मोड़ थाई नेपालले बतायो ।
खेलमा ६ जाना महिला खेलाडी तथा अन्य पुरूष खेलाडीहरु रहेका छन ।
के हो मोइ थाई ?
डब्लु.वि.सि. मोड़ थाई २००४ मा थाईल्याण्डको वैशकमा विश्व बक्सि परिषद अर्न्तगत विश्वभर प्रोफेसनल खेलाडी हरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एक मुनाफा रहित संस्था हो।
यस संस्था को प्रधान कार्यालय थाईल्यान्डको बैङ्गकमा रहेको छ। यस खेलको सम्पूर्ण निति नियमहरु (बोर्ड अफ स्पोट्) खेल प्राधिकरण थाईल्याड ले नै निर्धारण गर्ने छ। नेपालमा यस संस्थाको स्थापना २७ अगष्ट २०२१ मा बु.न.पा. ५ डाँडागाउँ मा भएको थियो।

