प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौ कम्युनिष्ट पार्टीको माग

-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने कुरा भईरहँदा त्यसलाई रोक्नका लागि विभिन्न नौ कम्युनिष्ट पार्टीले माग गरेको छ । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका हुन । एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको ९ पार्टीको जिकिर छ ।

‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ’, वक्तव्यमा भनिएको छ, ‘हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ ।’
यस्तो अवस्थामा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न भन्दै चेतावनी समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य