8.1 C
Kathmandu

म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

Categories:

-

काठमाडौं ।इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

सिटीको मैदानमा भएको पहिलो लेगमा ४–३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको हो।

यो सँगै समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो ।

रियललाई जिताउन गएराती रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरेका थिए। सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए ।

माहरेजले खेलको ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरआती अग्रता दिलाए। तर अन्तिम मिनेटमा सिटी सम्हालिन नसक्दा रोड्रिगोले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयमा रोड्रिगोले पुनः दोस्रो गोल गरेसँगै खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो। त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा रियलले बाजी मार्‍यो।

अतिरिक्त समयको पाँचौ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।रियलले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य