काठमाडौं । आज मंगलबार एक अमेरिकी डलरको सटहीदर १२२.७३ रुपैयाँ र खरिददर १२२.१३ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद/ बिक्रीदर कायम गरेको हो ।
यस्तैगरि, एक यूरोको बिक्रीदर १२९.११ रुपैयाँ हुँदा खरिददर १२८.४८ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १५४.२७ रुपैयाँ र खरिददर १३२.५२ रुपैयाँ छ । ८६.८२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.३९ रुपैयाँ छ ।
यस्तैगरि सिंगापुर डलरको बिक्रीदर ८८.५९ रुपैयाँ र खरिददर ८८.१६ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर ९.४५ रुपैयाँ र खरिदमूल्य ९.४० रुपैयाँ छ । यस्तै, १८.५७ रुपैयाँ बिक्रीदर रुपैयाँ तोकिँदा चिनियाँ युवानको खरिददर १८.४८ रुपैयाँ छ ।
साउदी अरबको रियालको बिक्री मूल्य ३२.७२ रुपैयाँ कायम हुँदा यसको खरिददर ३२.५६ रुपैयाँ कायम छ । यसैगरी, कतारी रियाल ३३.६३ रुपैयाँ सटहीदर कायम छ भने खरिददर ३३.४६ रुपैयाँ छ । यता संयुक्त अरब इमिरेट्सको ३३.४१ रुपैयाँ बिक्रीदर कायम हुँदा ३३.२५ रुपैयाँमा खरिद भइरहेको छ ।