spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

बूढानिलकण्ठ कांग्रेस:  भ्रष्टाचार आरोपितको उद्दघोषण गगनको नसियत अनि विनोदको प्रतिबद्धता

-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा आगलागी हुदाँ समेत निभाउने सर्वसाधरण पाउन  मुस्किल भएको छ । यसको मुख्य कारण हो आसन्न स्थानीय निर्वाचन । वर्तमान प्रम शेर बहादुर देउवाको निवास, राष्ट्रपतिको  निवास तथा नेपाली कांग्रेसका महामन्त्रीको निर्वाचन क्षेत्र भएका कारण पनि यस नगरपालिकाका देश भर चर्चित छ ।

यसै बीच  शुक्रवार  यस नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट  प्रमुखका उम्मेदवार  विनोद चालिसेले नगरको घोषणा पत्र (सङ्कल्प पत्र) सार्वजनिक कार्यक्रम गरेको थियो । कार्यक्रम हेर्न नगरका सर्वासधर्ण देखि नेका कार्यकर्ताहरू  राम्रै उपस्थिति थिए  तर, उपस्थित सर्वासाधारण त्यतिबेला लजित्त भए जब कार्यक्रम  संचालन गर्दै विजेन्द्र श्रेष्ठ ले नगरको सुशासनको भाषण ठोके , प्रमुख अथिति लगायतलाई आसन तथा भासणका लागि पुकारे  धेरैले भने नेपाली कांग्रेस बूढानिलकण्ठको सुशासन देखियो ।

नगरपालिकाको सबै भन्दा ठुलो भ्रष्टाचार काण्डको मसिया भनिएका   इन्जिनियर बिजेन्द्र श्रेष्ठ ५ लाख घुस रकम सहित नगर प्रशासकीय प्रमुखसँगै अख्तियारले गिरफ्तार गरेको थियो  । उनको मुद्दा विशेष अदालतमा चलिरहेको छ ।  उनै  आरोपितलाई  चुनावको मुखमा त्यो पनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न दिएको विषयसँग असन्तुष्टि राख्दै बाहिरिनेहरूको संख्या  हेर्न लायक थियो ।

गगनको नसियत

देश भरका जिल्ला सभापतिहरुलाई भेटेको र  कसैले पनि गठबन्धन गर्न  सुझाव नदिएको बहाना बाजी गर्दै प्रतिगमन विरुद्ध बनेको मोर्चासँग   चुनावमा सहकार्य गर्न नहुने  तथा गठबन्धन घटकहरूलाई तुच्छ प्रतिक्रिया दिदै आएका कांग्रेस महामन्त्री गगन कुमार थापाले आज आफ्नै निर्वाचन  क्षेत्रमा गठबन्धन विरुद्ध उम्मेद्वारी दर्ता गराएका आफ्ना पार्टीका कार्यकर्तालाइ   पार्टीको निर्देशनमा  उम्मेद्वारी फिर्ता नगरे  कारबाही गर्ने  नसियत दिएका छन  ।

उनले भने “ पार्टीमा बेलाबखत हाम्रो फरक मुद्दा हुन्छ अहिले पार्टीले गठबन्धन गर्ने निर्णय गरेको छ  मेरो मुद्दा अहिलेलाई स्थगन भयो । यत्ति भन्न उनले   ७ साल देखि सत्र साल सम्म घटेको विभिन्न प्रसङ्ग जोडेका थिए ।  पहिला आफ्ना कार्यकर्ताहरूलाई  गठबन्धन विरुद्ध ब्यापक उचालेर उमेद्वारी दर्ता गर्न लगाएका  गगनलाई आफ्नो क्षेत्रको कार्यकर्ताहरूले रत्ति भर विश्वास गरेको देखिएन   यो समाचार तयार  पर्दाको समय सम्म नगरका १३ वटा वडा मध्य वडा नम्बर १० मा मात्र गठबन्धन  हुने भएको छ ।

विनोदको प्रतिबद्धता

बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार बनेका युवानेता विनोद चालिसेले नगरको समृद्धि र सुशासनको ९ बुँदे संकल्प पत्र सार्वजनिक गरे  ।

चालिसेले सार्वजनिक गरेको ९ बुँदे सङ्कल्प बस्नयोग्य सहरी पूर्वाधार, प्रविधिमैत्री सुशासन यूक्त सेवाप्रवाह, जीवन्त वातावरण तथा सफा स्वच्छ नगरको नीतिगत अवधारणा रहेकाे छ । सङ्कल्पमा  फोहरमैलाको सम्बन्धमा आफ्नै संरचनादेखि आफ्नाे पानी आफै खानी अवधारणामा हरेक घरमा स्वच्छ पानी पुर्याउने विषय उल्लेख गरिएकाे छ ।  ९ वटा विषयमा बिभाजन गरेको संकल्प भित्र वन्यजन्तुमैत्री वनजंगलदेखि सार्वजनिक जमिनकाे वातवरणमैत्री सदुपयाेगका कुरा उल्लेख  छ ।

चालिसेले नगरपालिकामा उम्मदेवार हुने सबै तहका उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताबीच सार्वजनिक गरेकाे सङ्कल्पमा राेजगारी र उद्यमशिलता आर्थिकरूपले  नमूना नगरको अवधारणा प्रस्तुत गरेका छन् । जसमा युवा उद्यमी व्यवसायीलाइ प्राेत्साहित गर्दै नयाँ साेचमा आधारित उद्यमलाइ प्रबर्धन गरिने उल्लेख गरिएकाे छ  ।

बस्नलायक,  हेर्नलायक र घुम्मनलायक   सहरकारूपमा बुढानिलकण्ठलाइ बनाउन  चालिसेले २० गते नगर घाेषणापत्र सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग