विश्लेषकहरूले भनेजस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मस्कोको ग्यास हतियार’ प्रयोग गर्ने निर्णय गरे भने त्यसको असर सबै युरोपेली संघका सदस्यमा समान हुने छैन । यसको असर केही मुलुकमा अरूमा भन्दा धेरै हुनेछ । रुसी कदमले सिर्जना गर्ने प्रभावका भिन्नताहरू ती ऊर्जा बजार कसरी व्यवस्थित छन् र त्यहाँको कानुन कस्तो छ भन्ने कुराबाट निर्देशित हुन्छ ।
आज युरोपेली संघले प्रयोग गर्ने कुल प्राकृतिक ग्याँसको ३५ प्रतिशत रुसबाट मात्रै आउँछ । रुस विश्वमा प्राकृतिक ग्याँसको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले रुसमाथि कठोर प्रतिबन्धहरु लागु गर्यो । यस परिप्रेक्षमा ग्यास माथिको युरोपेली निर्भरतालाई रुसले प्रयोग गर्ला भन्ने डर बढेको छ ।
युरोपले सन् २०२० मा रुसबाट आयात गरेको १६७.७ अर्ब घनमिटर प्राकृतिक ग्याँसमध्ये जर्मनीले सबैभन्दा बढी ५६.३ अर्ब घन मिटर किनेको थियो । जर्मनीपछि इटालीले १९.७ अर्ब डलर र नेदरल्याण्डले ११.२ अर्ब डलर ग्यास किनेको थियो । एजेन्सी