6.1 C
Kathmandu

बूढानीलकण्ठ १२ का अधिकाम्स घरका धारामा ढलको पानी

Categories:

-

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का स्थानीयवासी वडा अध्यक्ष शम्भु भट्टराईले विकास निर्माण गर्न लाग्यो की डाराउने गर्दछन  ।

वडाले बिकास निर्माण थालनी गरेपछि कहिले सम्पन्न गर्ने हो र त्यो विकास निर्माणले को कस्को ज्यान लिग्ने हो त्यहि त्रासमा स्थानि वासी दिनरात चिन्तित रहने गरेका छन ।

यसको पछिलो उदाहरण वडा अध्यक्ष भट्टराईको निवास वरिपरी ढल फेर्ने कार्यले उजागर गरेको छ ।

एक महिना अगाडी देखि त्यस क्षेत्रमा ढल फेर्ने कार्य सुरु भएको थियो  यस सँगै ढल जाम भइ जनताले उपयोग गर्ने खाने पानीको पाइपमा ढलको पानी मिसिएको हो ।

त्यस टोलका १ सय ५० घरको अन्डर ग्राउण्ड ट्यांकी छतमा राखिएको ट्यांकी तथा धारोबाट ढल मिसिएको गनाउने पानी आउन थालेको छ  ।

शुक्रवार साँझ मेलम्चीको पानी धारो मा आयो भनेर अन्डर ग्राउण्ड ट्यांकी छतको ट्यांकी पनि स्थानीयले भरे, सबै ट्यांकी भरिदा  समेत पानी नारोकिएपछी धारा चलाउदा उग्र गन्द भएको पानी घरको धारमा आएको स्थानीयवासीले हामीलाई बताए ।

कपन आदर्श नगर आसपासका स्थानीयवासी वडा अध्यक्षलाई सराप्दै  ट्यांकरबाट पानि किनेर आज  आफ्नो घर सफा गरि रहेका देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य