spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

सिभिल क्यापिटलको धमाका अफर

spot_img

-

काठमाडौं। सिभिल क्यापिटल मार्केट लिमिटेडले ग्राहकको सेवासुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आसााढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिस्ट्रेसन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने रु. १५० निःशुल्क गरेको छ। मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क रु. ५० भने कम्पनीले लिने डीपी विभाग प्रमुख मणिराज काफ्लेले बताउनुभयाे । त्यसैगरी पीएमएस/कर्पोरेट एड्भाइजर सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलेले बताए। पीएमएस/कर्पोरेट एड्भाइजर सेवामा मिति २०७९ असार मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ।

विगत १३ वर्षदेखि सेवारत संस्थाले प्राथमिक सेयर निष्कासन (आईपीओ), निक्षेप सदस्य (डीपी), लगानी व्यवस्थापको कार्य (पीएमएस), सेयर प्रत्याभूति (अन्डराइटिङ) र संस्थागत परामर्श सेवालगायत पुँजीबजारसम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ। हालसम्म ३० वटा आईपीओ, ३५ वटा आरटीएस, ३२ वटा हकप्रद र २० वटा सेयर लिलामीका लागि विभिन्न कम्पनीहरुसँग सहकार्य गरिसकेको कम्पनीले जनाएको छ । निकट भविष्यमा नै सामूहिक लागानी कोष सुरुआत हुनेसमेत प्रमुख कार्यकारी अधिकृत ढुंगलेले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग