spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

एनआईबिएलको नाफा साढे २ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा कति ?

-

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबिएल) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १२.९९ प्रतिशत घटेर २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा बैंकका खुद ब्याज आम्दानी ९.०३ प्रतिशत घटेर ३ अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड ५१ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा १२.१७ प्रतिशत घटेर ३ अर्ब ६२ करोड ५९ लाख १२ हजार रुपैयाँ र वितरणयोग्य नाफा ६५.८९ प्रतिशत घटेर ४७ करोड २४ लाख रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेर १८ अर्ब ३० करोड ७४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष १.५२ प्रतिशत बढेर १४ अर्ब ३५ करोड ११ लाख ३३ हजार रुपैयाँ, निक्षेप संकलन ३.१३ प्रतिशत बढेर १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ र कर्जा ५.३५ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब २१ करोड ७ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४३ पैसा घटेर १८ रुपैयाँ ०४ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग