24.1 C
Kathmandu
Thursday, September 12, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एभरेष्ट बैंकको नाफा साढे १ अर्ब रुपैयाँ

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.५९ प्रतिशत बढेर १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २४.५६ प्रतिशत बढेर ३ अर्ब ५० करोड ५६ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८१ करोड ४३ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा ०.६२ प्रतिशत बढेर २ अर्ब १६ करोड ६७ लाख ९१ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा १६२.४६ प्रतिशत बढेर २ अर्ब ७९ करोड ६१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेर ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ११.२९ प्रतिशत घटेर ८ अर्ब ११ करोड ५३ लाख १३ हजार रुपैयाँ, निक्षेप १ खर्ब ६१ अर्ब ७९ करोड ६४ लाख ३५ हजार रुपैयाँ र कर्जा ०.९८ प्रतिशत बढेर १ खर्ब४३ अर्ब २८ करोड ४६ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ १५ पैसा घटेर २१ रुपैयाँ ४५ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ २७ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष