spot_img
28.1 C
Kathmandu
Sunday, June 22, 2025

निफ्राको नाफा नाफा १७.८६ प्रतिशत बढ्यो

-

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७.८६ प्रतिशत बढेर ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३८.०८ प्रतिशत बढेर १ अर्ब २९ करोड १३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९३ करोड ५२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा १८.७३ प्रतिशत बढेर ९९ करोड २० लाख ४३ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ५४ करोड ७१ लाख २९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१ अर्ब रुपैयाँ, जगेडा कोष ३४.७४ प्रतिशत घटेर १ अर्ब ४० करोड ५४ लाख ९१ हजार रुपैयाँ, निक्षेप २९.३२ प्रतिशत बढेर ४० करोड १ लाख ९२ हजार रुपैयाँ र कर्जा ६३.२७ प्रतिशत बढेर ८० करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ७३ पैसा घटेर ४ रुपैयाँ २९ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७३.७ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग