काठमाडौं । कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.३२ प्रतिशत घटेर १ अर्ब ८० करोड २७ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १५.६२ प्रतिशत बढेर ४ अर्ब ४२ करोड ४९ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत अािर्थक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८२ करोड ७२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा ०.७७ प्रतिशत घटेर २ अर्ब ५७ करोड ६८ लाख ११ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ८७ करोड १६ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेर १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १०.४७ प्रतिशत बढेर ५ अर्ब ५३ करोड ८७ लाख ७८ हजार रुपैयाँ, निक्षेप १३.४२ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब ४० करोड ३६ लाख ७७ हजार रुपैयाँ र कर्जा १३.०८ प्रतिशत बढेर १ खर्ब ५५ अर्ब ९३ करोड ३५ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३ पैसा घटेर १६ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५८ गुणा रहेको छ ।