spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

पाकिस्तानको नयाँ मन्त्रिपरिषद्ले सपथ ग्रहण लियो

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । पाकिस्तानको नयाँ मन्त्रिपरिषद्ले सपथ ग्रहण लियो, ३४ जना मन्त्री भएपाकिस्तानमा शाहबाज सरिफको नयाँ मन्त्रिपरिषद्ले मंगलबार सपथ ग्रहण गरेको छ । सरिफको मन्त्रिपरिषदमा कुल ३४ मन्त्रीलाई स्थान दिइएको छ । यसबाहेक तीन जना सल्लाहकार पनि राखिएका छन् ।

सिनेटका अध्यक्ष सादिक संजरानीले मन्त्रिपरिषद्का सबै सदस्यलाई सपथ गराएका थिए । मन्त्रीहरुको विभाग बाँडफाँट हुन बाँकी छ । शाहबाज सरिफले सपथ ग्रहण गरेका ३७ मन्त्रिपरिषद् सदस्यमध्ये ३० जना मन्त्री र चार राज्यमन्त्री छन् । यसबाहेक तीन सल्लाहकारले पनि सपथ लिएका छन् ।

मन्त्रिपरिषद्मा मुस्लिम लिगका १२, पीपीपीका ९ र अन्य १६ दलको गठबन्धनका सदस्य छन् । पाकिस्तानमा करिब १० दिनअघि इमरान खानको सरकार पतन भएको थियो । यसपछि गत हप्ता शाहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग