18.1 C
Kathmandu

मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिरहालाई

Categories:

-

राजविराज। मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिरहाले जितेको छ। सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा सम्पन्न फाइनलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोलले पराजित गर्दै सहलेस फुटबल क्लब सिरहाले उपाधि जितेको हो।

सिरहालाई उपाधि दिलाउन विदेशी खेलाडी मार्टिनले दुई गोल गरे। यस्तै रुप लामाले एक गोलको योगदान दिए। उपाधिसँगै सिरहाले नगद दुई लाख रुपैयाँ पुरस्कार पायो। उपविजेतामा चित्त बुझाएको उदयपुरले एक लाख नगद पुरस्कार पायो।

सिरहाले बागमती फुटबल क्लब सर्लाहीलाई तथा उदयपुरले आयोजक सप्तरीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पुरस्कार प्रदान गरे। प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य