15.1 C
Kathmandu

र्‍यालीमा इमरान खानले भने, मैले के अपराध गरें र रातको १२ बजे अदालत बोलाइयो?

Categories:

-

पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका प्रमुख इमरान खानले शनिबार राति कराँचीमा र्‍याली गरेका छन् । बाग-ए-जिन्नामा आयोजित र्‍यालीमा उनले जनतासँग धेरै विशेष कुरा गर्न चाहन्छु भन्दै आफ्नो भाषणको सुरु गरेका थिए ।

इमरान खानले सर्वोच्च अदालतको फैसलाबाट आफू निकै दुखी भएको बताए। ‘सर्वोच्च अदालतको फैसलालाई हामीले स्वीकार्यौं तर हात बाँधिएको थियो, कति बजे मतदान गर्ने भनेर पनि भनिएको थियो’, उनले भने, ‘मैले के अपराध गरें कि राती १२ बजे अदालत बोलाइयो?’

इमरान खानले न्यायपालिकालाई प्रश्न गरे, ‘राजनीतिज्ञहरू किनबेचको बजार लागेको समयमा के न्यायपालिकाले ध्यान दिनुपर्दैन?’ बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य