6.1 C
Kathmandu

योगीको ‘गोरखवाणी’ सार्वजनिक

Categories:

-

काठमाडौं । डा. चिन्तामणि योगीद्वारा लेखिएको ‘गोरखवाणी’ सार्वजनिक भएको छ । गुरु गोरखनाथका प्रवचनहरुको सँगालोका रूपमा रहेको उक्त पुस्तक पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले लोकार्पण गरेका हुन् ।

नयाँ वर्षकोे उपलक्ष्यमा शान्ति सेवा आश्रम, कोटेश्वरमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि प्राडा अर्यालले गोरखवाणी सधैँका लागि र सबैका लागि उपयोगी हुने बताए ।

लोकार्पित पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले आजको व्यस्त र अव्यवस्थित जीवनलाई सार्थक बनाउन ‘गोरखवाणी’ निकै सहयोगी हुने धारणा राखे ।

नयाँ वर्षकोे उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रममा विश्व हिन्दू महासङ्घका अध्यक्ष डा. रामचन्द्र अधिकारी, समाजसेवी किरण थापा, इन्जिनिय राजुप्रसाद उपाध्याय, मिडिया सर्भिस नेपालका रमेश खड्का, मञ्जु भट्टलगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य