Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

चामल आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउन माग

भर्खरै

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले नेपालमा उत्पादित चामलले बजार नपाएको भन्दै चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउन सरकारसँग आग्रह गरेको छ ।

संघका पदाधिकारीहरूले भन्सार विभागका महानिर्देशकलाई मंगलबार भेटेर धान आयातमा १ प्रतिशत कर लगाउन माग गरेका हुन् । साथै नेपाली रातो बासमतीको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको माग छ ।

त्यस्तै मुसुरो दालमा लगाइएको १ प्रतिशत निकासी शुल्क रहँदा नेपालको मुसुरो दाल बंगलादेश निर्यात रोकिएकाले त्यसलाई प्रतिकिलो ५० पैसामा झार्न माग गरेका छन् ।

साथै तोरी तेलमा लाग्दै गरेको मूल्य अभिवृद्धि कर धेरै भएककाले तोरी तेलका उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै दैनिक जीवनमा काम लाग्ने खाद्यवस्तुमा ५ प्रतिशत मात्र कर लगाउनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष