Wednesday, February 21, 2024
11.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

एनआईसी एशिया बैंकका ग्राहकलाई दराज, सस्तोडिल, ग्यापु र सीजी एलजीमा २० प्रतिशत छुट: सगरमाथामा हेलिकप्टरको यात्रा

सम्बन्धित खबर

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

यस आकर्षक योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । त्यसैगरी सीजी तथा एलजी डिजिटलबाट २०७८ चैत्र ३० का दिन २० हजार रुपैयाँभन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले पीओएस तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा २ हजार ७९ रुपैयाँ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआईसी एशिया मोबैंक मार्फत चैत्र ३० का दिन क्यूआर भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा १ सय रुपैयाँ नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहकले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ ।

साथै, सोहि दिन क्यूआर भुक्तानी गर्ने र क्यूआर भुक्तानी लिने १०–१० जना भाग्यशाली ग्राहक र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष