31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एलन मस्क ट्वीटरको बोर्डमा समावेश नहुने

सम्बन्धित खबर

एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन् । कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन् ।

एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो । उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए ।

पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन् । ’

अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष