22.1 C
Kathmandu

इसेवा मार्फत कुनैपनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क

Categories:

-

काठमाडौँ। इसेवा मार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ । अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इ सेवाले यो सुविधा ल्याएको जनाएको छ ।

जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई सहजता हुने अपेक्षा गरिएको छ ।

यो योजना अप्रिल ३० सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या निकै बढिरहेको छ । इ सेवामा हाल ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य