6.1 C
Kathmandu

नेपाली सेनाका खेलाडीले जिते ११ पदक

Categories:

-

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न मिति र स्थानमा भएका प्रतियोगिताहरूमा सहभागी भई ११ पदक जितेका छन् । जसमा ६ वटा स्वर्ण पदक, ५ वटा कास्य पदक हासिल भएको नेपाली सेनाले जनाएको हो ।

गत चैत १५ गते नेपा युवा क्लबको आयोजनामा भएको “दोस्रो नेपा उपमेयर पुरुष ब्याडमिन्टन कप-२०७८” मा पनि २ स्वर्ण पदक र ३ कास्य पदक जित्न सफल भएको सेनाको विज्ञप्तिमा जनाएको छ।

यसैगरी गत चैत १८ मा नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको आयोजनामा भएको “दोश्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगितामा” मा सेनाका खेलाडीले ३ वटा स्वर्ण पदक जित्न सफल भएका छन् ।

यसैगरी नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिको आयोजनामा चैत्र १९ गते भएको “दोश्रो किसुन जी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता” मा पनि एउटा स्वर्ण पदक हासिल भएको सेनाले जनाएको छ ।

यसैगरी सेनाका खेलाडीले चैत १५ गते ललितपुरमा भएको टेनिस प्रतियोगितामा पनि १ कास्य पदक-१ जितेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य