काठमाडौं । सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ । चाँदी एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्