spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट,यसरी हेर्न सकिन्छ रिजल्ट

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आइतबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। त्यसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ।

कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलप्रथा विधिबाट बाँडफाँट गरिएको छ ।

कसरी हेर्ने ?

कम्पनीको आईपीओको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे https://iporesult.cdsc.com.np/  वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट https://laxmicapital.com.np/IPO_Result.aspx, ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट https://greenventuresnepal.com/ र मेराे शेयर https://meroshare.cdsc.com.np/#/login मा गएर हेर्न सकिन्छ ।

https://iporesult.cdsc.com.np/

https://laxmicapital.com.np/IPO_Result.aspx

https://greenventuresnepal.com/

https://meroshare.cdsc.com.np/#/login

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग