spot_img
13.1 C
Kathmandu
Friday, January 24, 2025
spot_imgspot_imgspot_imgspot_img

‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणका लागि कोषले ४२ करोड रुपैयाँ ऋण दिने

spot_img

-

काठमाडौं । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अुमानित लागतको “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

कोषको नगरपालिकाहरुमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न शहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप दमक नगरपालिकाको नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधीयुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट निर्माण हुन लागेको हो ।

‘दमक सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ । शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बीच ४२ करोड ८० लाख रुपियाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

‘दमक सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो ।

कार्यकारी निर्देशक सापकोटाले आधुनिक शहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको शहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुशी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग