Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

भर्खरै

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा छिटोमा चैत २१ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष