spot_img
13.1 C
Kathmandu
Friday, January 24, 2025
spot_imgspot_imgspot_imgspot_img

नेपाल बङ्गलादेश बैंकद्वारा १ लाख रुपैयाँको दुर्घटना बीमा भुक्तानी

spot_img

-

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १ लाख रुपैयाँको दुर्घटना बीमावापतको रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. १ लाख ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको हो ।

स्व. महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिईन् । उनको कात्तिक ६ मा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

उक्त सहयोगले ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ । हाल नेपाल बङ्गलादेश बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग