Monday, February 26, 2024
7.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सिटी स्पेसियालिटीले गर्यो स्यस्य समाज यलको सदस्यहरुको निशुल्क मधुमेह परिक्षण

सम्बन्धित खबर

काठमाण्डौ । बाथरोग, मधुमेह, थाइरोइड तथा हर्मोन रोगको सघन उपचारको लागि स्थापित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले स्यस्य समाज यलको एक सय १० जना सदस्यहरुको निशुल्क मधुमेह परिक्षण गरेको छ ।

क्लिनिकले शनिवार चैत्र १२ गते ललितपुर स्थीति अशोक पार्टी प्यालेस (अशोक हलमा) मा स्यस्य समाज यलको ८ औं बर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै सो निशुल्क परिक्षण सेवा उपलब्ध गराएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सो सेवा उपलब्ध गराएको र त्यसबाट एक सय दश जना प्रत्यक्ष लाभाम्बित भएको क्लीनिक सञ्चालक तथा मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा सुमन सिम्खडाले बताए ।

पछिल्ला बर्षहरुमा बाथ, सुगर तथा थाइरोइडको रोगिहरु बढीरहेको तर गुणस्तरीय उपचार अभाव रहेको अवस्थामा आफुहरुले बाथ, मधुमेह तथा थाइरोइड रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुद्धारा सेवा प्रवाह गर्दै आएको सञ्चालक सिम्खडाले बताए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष