काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज सूचीकृत भएको छ । लघुवित्तको २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको ्छ । लघुवित्तले सर्वसाधारणलाई वितरण गरेको ८ लाख २८ हजार ७५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको १७ लाख २१ हजार २५० कित्ता शेयर गरी कूल २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले शेयर कारोबारका लागि नेष्डो (NESDO) सिम्बोल दिएको छ ्भने लघुवित्तको शेयर कारोबार भोलि (सोमबार)देखि सुरु हुनेछ । साथै नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम २६०.८४ रुपैयाँ र अधिकतम ७८२.५२ रुपैयाँ तोकेको छ ।
फागुन ११ गते बुधबारदेखि फागुन १५ गतेसम्म चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो ।