काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुशनबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट दिनेबारे सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकी हेल्थ सोलुशनका तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्