spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

पोर्चुगल पुग्यो विश्वकपको छनोट नजिक

-

पोर्चुगल २०२२ को फिफा विश्वकप छनोट नजिक पुगेको छ। प्ले अफको सेमिफाइनलमा टर्कीमाथि सहज जित निकाल्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ ।

पोर्चुगलले टर्कीलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको छ।पोर्टोमा गए राति भएको खेलमा घरेलु टोलीलाई जिताउन ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे। टर्कीका बुराक यिल्माजले एक गोल फर्काएका थिए।

खेलको १५औं मिनेटमा ओटाभियोको गोलबाट पोर्चुगलले सुरूवाती अग्रता लिएको थिएको थियो। ४२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगलको पहिलो हाफमा २-० को अग्रता दिलाए।

दोस्रो हाफको ६५औं मिनेटमा बुराक यिल्माजले गोल गर्दै टर्कीलाई खेलमा फर्काउने कोशिस गरे। खेलको ८५ औं मिनेटमा बुराक पेनाल्टीमा चुक्दा टर्की बराबरी गर्न चुक्यो।

त्यसपछि इन्ज्युरी समयमा म्याथिएस लुइजले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे। यो जितसँगै पोर्चुगल विश्वकप छनोट अन्तर्गतको प्ले अफको फाइनलमा पुगेको छ।

अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ। नर्थ म्यासेडोनियाले गए रातिनै भएको अर्को खेलमा युरो २०२० को च्याम्पियन इटालीलाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो। पोर्चुगल र नर्थ म्यासेडोनियाबीचको खेल मंगलबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग