spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

प्रभु क्यापिटलको शेयर बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

spot_img

-

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तरगत विभिन्न स्थानहरूमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो । गत मंगलबार हेराल्ड कलेज काठमाडौँका स्नातक तह अन्तर्गतका विद्यार्थीहरूलाई इन्भेस्टमेन्ट बैंकिङ र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गरेका थिए ।

यसैगरी क्यापिटलले ललितपुर जिल्लाको बागमती गाउँपालिका वार्ड नं. ५ इकुडोल स्थित जनजागृति उच्च मा.वि.का १०+२ का विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरूलाई यही चैत्र ०९ गतेका दिन १ दिने आधारभूत शेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
जनजागृति उच्च मा.वि.को तालिम हलमा सम्पन्न गरिएको कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरूको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग