spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

कार अफ द इयरको फाइनालिस्ट बने ३ इलेक्ट्रिक कार

spot_img

-

काठमाडौं । कार अफ द इयरको शीर्ष तीनमा सबै इलेक्ट्रिक कार अटाएका छन् । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् । यो अवार्डमा, यसपाली इतिहासमै पहिलोपटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेका हुन् ।

सन् २०२२ को फाइनलमा फोर्ड मुस्ताङ मार्च ई, हुण्डाई आयोनिक– ५ र किया ईभी–६ परेका छन् । आगामी अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गरिने जनाइएको छ ।

उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग