काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने पस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको हिजो अर्थात सोमबार (चैत्र ७ गते) बसेको सञ्चालक समितिको बैठकले ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपश्चात मात्रै शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्