spot_img
12.1 C
Kathmandu
Saturday, February 8, 2025
spot_imgspot_imgspot_imgspot_img

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

spot_img

-

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो । दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरेका हुन् । शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भएका थिए ।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग